पोखरा : नेपाली कांग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखका उम्मेदवार रामजी कुँवरले महानगरका प्रत्येक बस्ती समेट्ने गरी विकास निर्माणका योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
महानगरपालिका–१९ लामाचौरमा शुक्रबार घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले समृद्ध पोखरा निर्माण आफ्नो मुख्य उद्देश्य भएको र महानगरका कुना कुनामा रहेका बस्तीसमेतको विकासले मात्रै पोखराको समुन्नति सम्भव हुने उल्लेख गरे।
महानगरभित्रका खानेपानी, सरसफाइ, बाटोघाटोलगायत समस्या समाधान गर्दै पोखरालाई अन्तर्राष्ट्रियस्तरको नमुना सहरका रुपमा विकास गर्ने सोचका साथ नै आफू प्रमुखको उम्मेदवार भएको उनले स्पष्ट पारे।
निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेससहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजनीतिक दलले महानगरभित्र आफ्नो चुनाव प्रचारप्रसार कार्यक्रमलाई तीव्रताका साथ अघि बढाएका छन्।रासस