PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी



रासस

प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको समग्र तयारीका बारेमा जानकारी गराएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त यादवले सम्पूर्ण मतदान सामग्रीसहित मतदान अधिकृत स्थानीय तहमा पुगिसकेको जानकारी गराएका थिए। 

भेटमा प्रधानमन्त्री दाहालले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि सरकारले जस्तोसुकै भूमिका निर्वाह गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको प्रमुख आयुक्त यादवले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell