PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

कांग्रेसले क्षेत्राधिकारका विषयमा पार्टीको आधिकारिक धारणा निर्वाचनपछि सार्वजनिक गर्ने



रासस

कांग्रेसले क्षेत्राधिकारका विषयमा पार्टीको आधिकारिक धारणा निर्वाचनपछि सार्वजनिक गर्ने

काठमाडौंः नेपाली काँग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारमा देखिएका समस्यालाई संविधानसम्मत् समाधान खोजिने जनाएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले पछिल्लो समय यी निकायबीचका क्षेत्राधिकारमा देखिएका भनिएका विषयमा कांग्रेसले आफ्नो आधिकारिक धारणा निर्वाचनपछि सार्वजनिक गर्ने बताए।

लेखकले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्ना सीमारेखा र मर्यादाभित्र बस्नुपर्ने बताए। 

उनले कांग्रेस आफ्नो स्थापनादेखि नै स्वतन्त्र, निष्पक्ष, मर्यादित न्यायपालिकाको पक्षमा रहेको भन्दै अदालतका आदेश एवम् काम स्वतन्त्र, निष्पक्ष र मर्यादित हुन्छ भन्ने विश्वासमा पार्टी रहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell