PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

दक्षिणी सुडानका १० लाख भन्दा बढी बालबालिका छिमेकी देशको शरणमा



रासस

दक्षिणी सुडानका १० लाख भन्दा बढी बालबालिका छिमेकी देशको शरणमा
फोटो श्रोतः ambministries.org

नाइरोबीः दक्षिणी सुडानमा जारी द्वन्द्वको कारण दश लाख भन्दा बढी बालबालिका आफ्नो देशबाट भागेर छिमेकी देशमा शरणार्थी जीवन बितारहेका छन्। 

दक्षिण सुडानबाट भागेर केन्या, इथोपिया, उगान्डा शरणार्थी जीवन बितारहेका १८ लाख व्यक्तिमा ६२ प्रतिशत बालबालिका रहेका संयुक्त राष्ट्र सङ्घीय बालबालिकाको निकाय युनिसेफ र शरणार्थी निकाय युएनएचसिआरले गरेको संयुक्त प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

त्यसगरी, १४ लाख बालबालिका देशभित्र रहेका शरणार्थी शिविरमा बसिरहेका जनाइएको छ । सन् २०११ मा स्वतन्त्र भएको दक्षिण सुडानमा दुई वर्षपछि नै द्वन्द्व सुरु भएको थियो । 

त्यहाँका राष्ट्रपति साल्भा किइर र उनकै पूर्व उपराष्ट्रपति रिएक मचारका समर्थकबीच द्वन्द्व सुरु भएको थियो । जारी द्वन्द्वमा परी हजारौं व्यक्तिको मृत्यु भएको छ । जसमा एक हजार भन्दा बढी बालबालिका रहेका छन् । रासस /एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell