PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

सर्वोच्चको आदेशबारे बालुवाटारमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच कुराकानी



रासस

सर्वोच्चको आदेशबारे बालुवाटारमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच कुराकानी
फाइल फोटो

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का नेता केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीका सम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराले दिएको आदेशपछिको अवस्थाका बारेमा छलफल भएको थियो। 

मुलुकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल भएको र सहमतिमा नै सबै प्रक्रिया अगाडि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

प्रधानमन्त्रीले सबैको सहमतिमा नै आफूले उचित कदम चाल्ने बताएका थिए। । 

एमाले महासचिव ईश्वर पोखरेलले भने प्रधानमन्त्रीलाई महाअभियोग प्रस्ताव फिर्ता लिन अध्यक्ष ओलीले आग्रह गरेको जानकारी दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell