PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

आगामी बजेट ऐतिहासिक हुने गभर्नरको दाबी



रासस

आगामी बजेट ऐतिहासिक हुने गभर्नरको दाबी

काठमाडौंः राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट ऐतिहासिक हुने बताएका छन्। 

राष्ट्र बैंकले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७४/७५ का लागि पूर्व बजेटकालीन अन्तक्र्रियामा गभर्नर नेपालले स्थानीय तह निर्वाचनसँगै मुलुक सङ्घीयतामा जाने निश्चित भएकाले अन्य बजेटभन्दा यो फरक तवरले आउने बताए। 

नाकाबन्दी र भूकम्पका कारण अर्थतन्त्र माथि उठ्न नसकेको बताउँदै गभर्नर नेपालले चालु आर्थिक वर्षदेखि मुलुकको अर्थतन्त्रमा सुधार आएको बताए। कार्यक्रममा उनले सरकारको दुई खर्ब ५५ अर्बभन्दा बढी रकम बचत रहेको जानकारी दिए। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले आगामी आर्थिक वर्षको बजेट लगानीमैत्री एवम् निर्यात प्रवद्र्धन गर्ने खालको हुनुपर्ने बताएका थिए।

परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले जनताको जीवनस्तर सुधार गर्ने, उत्पादनशील क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने र कर विस्तार गर्ने नीतिलाई प्राथमिकता दिएर बजेट ल्याउन सुझाव दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell