
काठमाडौँ : गएराति बिजुलीबजारमा कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा १६ च ८६०३ नंको कार पोलमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको बानेश्वरस्थित एभरेष्ट नर्सिङहोममा उपचारका क्रममा निधन भएको प्रहरी प्रभाग, बानेश्वरले जनाएको छ।
घाइते भक्त तामाङ र गणेश खत्रीको उपचार भइरहेको छ। रासस