PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

नाइजेरियामा बस दुर्घटना, २६ जनाको मृत्यु



रासस

नाइजेरियामा बस दुर्घटना, २६ जनाको मृत्यु

लागोसः नाइजेरियाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने लागोसदेखि इबाडानसम्मको राजमार्गमा भएको दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ।

दुई वटा १८ सिटे बस दुर्घटनामा परेका ओयो राज्यका सडक सुरक्षासम्बन्धी कार्यालयका प्रमुख युसुफ सलामीले जानकारी दिएका छन्। 

घटनामा परी बालबालिकासहित ११ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रत्यक्षदर्शीहरुले दुर्घटनापछि दुवै बसका यात्रुहरु चिन्नै नसकिने गरी जलेको बताएका छन्।

सवारी दुर्घटनामा परी धेरै जनाको मृत्यु हुने देशमध्ये नाइजेरिया विश्वमै अग्रपङ्क्तीमा पर्दछ।

सडकको अवस्था नाजुक, राम्रोसँग मर्मत नगरिएका सवारीसाधान, ट्राफिक नियमको उलङ्घन, चालकहरुको हेलचक्रयाइँ र अनुगमनको अभावका कारण दुर्घटना धेरै हुने गरेको अधिकारीहरुको भनाइ छ। रासस/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell