PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

उत्तर कोरियामाथिको सैनिक कारबाही आगामी गतिविधिले निर्धारण गर्ने ट्रम्पको भनाइ



रासस

उत्तर कोरियामाथिको सैनिक कारबाही आगामी गतिविधिले निर्धारण गर्ने ट्रम्पको भनाइ
फोटो स्रोत : www.forbes.com

वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिन पिङले उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न प्योङयाङमाथि दबाब दिइरहेको बताएका छन्। 

सीबीएस टेलिभिजन नेटवर्कको ‘फेस द नेसन कार्यक्रम’ मा राष्ट्रपति ट्रम्पले राष्ट्रपति सी पनि उत्तर कोरियाका यस्ता कार्यक्रमबाट खुसी नभएका बताए।

के उत्तर कोरियासँगको बेखुसी हुनुको कारण ‘सैनिक कारबाही’ चलाइने सम्भावना छ त? भन्ने प्रश्नमा उनले अहिले यस विषयमा यसै भन्न नसकिने बताए। उनले यसबारेमा उत्तरको आगामी गतिविधि हेरेर निर्णय आउनेसमेत बताए।

उत्तर कोरियाले गत शनिबार गरेको क्षेप्यास्त्र परीक्षण अमेरिकाको प्योङयाङको हतियारविरोधी गतिविधिलाई निरुत्साहित गर्न अन्तर्राष्ट्रिय नाकाबन्दीको चर्चा भइरहेका समयमा भएको छ। यसबाट अमेरिकालगायत युरोपेली मुलुक थप चिढिएका छन्।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्‍मा ‘अकल्पनीय नतिजा’ आउनसक्ने बताएको केही घण्टाभित्र उत्तरले फेरि एकपटक उत्तेजनात्मक प्रतिक्रियास्वरुप असफल क्षेप्यास्त्र परीक्षण गरेको छ। रासस/एएफपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell