
चितवनः पूर्वी चितवनको खैरहनीमा रोकिराखेको टिपरमा ठोक्किएर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार खैरहनी नगरपालिका वडा नं ८ स्थित बाबा ग्यास अगाडि दुर्घटना हुँदा राप्ती नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो ।
रोकिराखेको ना३ख ९३९६ नम्बरको टिपरमा विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४७ नम्बरको मोटरसाइकल ठोक्किँदा चौधरीको मृत्यु भएको हो । रासस