
वासिङटनः इराक र सिरियामा इस्लामिक स्टेट (आइएस) लडाकूविरुद्ध जारी अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु भएको छ।
सिरिया र इराकमा भएका ती हवाई आक्रमणहरु सन् २०१४ अगस्तबाट २०१७ मार्च महिनासम्म भएका थिए। सो समयमा आइएस लडाकूविरुद्ध भएका हवाई आक्रमणमा मारिएका सर्वसाधारणको तथ्याङ्क आइतबार सार्वजनिक गरिएको थियो।
पेन्टागनकाअनुसार सन् २०१६ नाभेम्बरबाट २०१७ मार्चसम्म भएका आइएसविरुद्धको हवाई आक्रमणमा कम्तीमा ४५ सर्वसाधारणको मृत्यु भएको थियो।
एम्नेस्टी इन्टरनेसनलका अनुसार संयुक्त गठबन्धन सेनाद्वारा सिरियामा मात्र भएका ११ वटा हवाई आक्रमणमा कम्तीमा ३ सय सर्वसाधारणको मृत्यु भएको थियो। रासस /सिन्ह्वा