PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

आइएसद्वारा सिरियाली शरणार्थी शिविरमा आक्रमण, ३२ जनाको मृत्यु



रासस

बेरुतः इराकी सीमाक्षेत्र नजिकै रहेको सिरियाको शरणार्थी शिविरमा इश्लामिक स्टेट (आइएस) समूहले मङ्गलबार गरेको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको छ। 

शिविरको भित्र र बाहिर गरी कम्तिमा पाँच आक्रमणकारी प्रवेश गरी आत्मघाती बिष्फोट गराएका थिए। घटनामा इराक र सिरियाको हसाकेह प्रान्तमा विस्तापित जीवन बिताउँदै आएका सिरियाली नागरिकको मृत्यु भएको सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रमी अब्देल रहमानले जानकारी दिए।

आक्रमणपछि घटनास्थलमा आइएस लडाकु र ‘सिरियन डेमोक्रेटिक फोर्स’ का सुरक्षाकर्मीवीच भीडन्त भएको थियो।

मृतकमध्ये केही कूर्दिस र अरबेली लडाकूसमेत रहेका रहमानले एएफ्पीलाई बताए। रासस/एएफ्पी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell