PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सिरियाको तब्का सहर एसडिएफको कब्जामा



रासस

सिरियाको तब्का सहर एसडिएफको कब्जामा

बेरुतः सिरियाको तब्का सहरको ८० प्रतिशत भूभाग अमेरिकाको समर्थन रहेको सेनाले कब्जा गरेको छ।

सो सहर यसअघि इस्लामिक स्टेट समूहको कब्जा रहेको थियो। करिब एक साताअघि सहरमा प्रवेश गरेका अमेरिकाको समर्थन रहेको सिरियन डेमोक्र्याटिक फोसेस (एसडिएफ) ले सहरको ८० प्रतिशत भाग कब्जामा लिएको मानव अधिकारवादी समूहले जानकारी दिएको छ।

ऐतिहासिक सहर तब्का सिरियाको राका सरहबाट ५५ किलोमिटर उत्तरमा रहेको छ। आइएस लडाकूको कब्जामा रहेको तक्का सहर एसडिएफले अहिले ८० प्रतिशत भन्दा बढी कब्जामा लिएको सिरियन अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले जानकारी दिएका छन्।

सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै सुरु भएको आन्दोलन केही समयपश्चात् गृहयुद्धमा परिणत भएको थियो। गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट जस्ता आतङ्ककारी समूहरु हाबी हुँदै गयो।

सन् २०११ देखि हालसम्म सिरियामा जारी द्वन्द्वमा परी तीन लाख २० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। त्यसैगरी यस द्वन्द्वमा परी लाखौँ व्यक्ति घाइते भएका छन्। लाखौंले आफ्नो घर छोडी देश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन्। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell