
ढाकाः बङ्गलादेशमा सोमबार राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा सात जनको मृत्यु भएको छ भने, अन्य दर्जनौं घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्।
आँधीमा परी बङ्गलादेशको राजधानी ढाकाबाट करिब २ सय ५६ किलोमिटर दक्षिणमा पर्ने राजसाही जिल्लामा चार जनाको मृत्यु भएको बताइएको छ।
आँधीका रेल मार्ग, यातायतलगायत निर्माणाधिन अवस्थामा रहेका भवनहरुसमेत क्षतिग्रस्त भएका छन् । रासस /सिन्ह्वा