PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

चट्याङ लागेर पर्वतमा दुईको मृत्यु, सात घाइते



रासस

चट्याङ लागेर पर्वतमा दुईको मृत्यु, सात घाइते

फलेवास (पर्वत) : पर्वतको दुई ठाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

आइतबार साँझ झरीसँगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका २२ वर्षीय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका–६ फलामखानीका ३६ वर्षीय धनकुमारी थापाको मृत्यु भएको हो।

चट्याङ लागेर नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने थापाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। रुखमुनि बसेका नेपालीलाई चट्याङ लागेको थियो भने थापालाई आँगनमा हात धुँदै गर्दा चट्याङ लागेको प्रहरीले जनाएको छ।

चट्याङ लागेर पाङ्राङका विवेक क्षेत्री, अनिल नेपाली, मनोज नेपाली घाइते भएका छन् भने फलामखानीका नन्दु थापा, चन्द्रबहादुर थापा, कमला सुनार र माया सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ। उनीहरुको अवस्था सामान्य रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell