PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

पोखरा लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका लागि एमालेबाट तीन जनाको नाम सिफारिश



रासस

पोखरा लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका लागि एमालेबाट तीन जनाको नाम सिफारिश

पोखरा : नेकपा एमाले पोखरा–लेखनाथ महानगर सङ्गठन कमिटीले महानगरको प्रमुख र उप–प्रमुख (मेयर र उपमेयर) पदका लागि मतदान प्रकृयाबाट तीन/तीन जनाको नाम सिफारिस गरेको छ। 

गएराति १ बजेतिर सकिएको सो मतगणनापछि महानगरको प्रमुख पदमा पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य एवम् पूर्व जिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसी, पोखरा उपमहानगरपालिकाका पूर्वप्रमुख तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण थापा र एमालेकी महिला नेतृ मित्रकुमारी गुरुङ सुवेदीलाई प्राप्त मतका आधारमा सिफारिस गरिएको हो। 

त्यस्तै नगर उपप्रमुख पदमा पार्टीका उप–सचिव प्रभा कोइराला, जिल्ला सदस्य मञ्जु गुरुङ, पूर्व जिल्ला उपसचिव देवका पहारीलाई पनि मतदान प्रक्रियाबाट सिफारिस गरिएको हो। सो मतदान प्रक्रियामा पार्टीका महानगर सङ्गठन कमिटीका ३९९ सदस्यले मतदान गरेका थिए।  

यसअघि महानगरको प्रमुखमा १० र उपप्रमुखमा आठ जनाले दाबी गरेका थिए। सिफारिसमा परेका दाबेदारलाई जिल्लाले प्रदेशमा र प्रदेशको सिफारिसमा स्थायी कमिटीले उम्मेदवार तोक्ने जिल्ला कमिटीका कार्यालय सचिव बैनबहादुर क्षेत्रीले जानकारी दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell