
सल्लेरी (सोलुखुम्बु) : सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ।
काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो।
आज बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
विमानमा चालक दलका तीन सदस्यसहित १७ यात्रु सवार थिए। तीमध्ये १२ विदेशी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। रासस