PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

बेनी–जोमसोम सडकको गलेश्वरको बेलीब्रिज जीर्ण, मुस्ताङसँग सम्पर्क टुट्न सक्ने



रासस

बेनी (म्याग्दी) : दैनिक दर्जनौँ निजी तथा भाडाका सवारीसाधन गुड्ने बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरमा रहेको बेलीब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ। 

जिल्लाको राहुघाट, उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापसँगै पुल जीर्ण भएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायले मर्मतमा चासो नदेखाउँदा जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने त्रास बढेको छ। 

पुलको बीच र आसपासमा प्वाल परेको छ। जीर्ण पुलको मर्मतका लागि सडक विभाग समेत बेखवर भएको स्थानीय अमृतमान शेरचनले बताए। 
पुलमा परेको प्वालमा ठूला सवारीसाधनका पाङ्ग्राले क्षति पुगेको गलेश्वरका मोहन केसीले बताए। नेपाली सेनाले २०६४ सालमा सो पुल निर्माण गरेको थियो । यसैगरी म्याग्दी र मुस्ताङ खण्डमा रहेका चारवटा पुलको मर्मत हुन सकेको छैन । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell