PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु



रासस

बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

धुलिखेल : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ को पिप्ले भन्ने स्थानमा आज बिहान सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ओखलढुङ्गा जिल्ला कार्केश्वरी गाविस–३ का ३५ वर्षीय मीनबहादुर पौडेल रहेका छन् भने अर्का एकजनाको सनाखत हुन बाँकी छ।

इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ गइरहेको बा ४५ प ६७५३ नंको मोटरसाइकल ना १ ज ४६९५ नंको सुमोलाई ओभरटेक गरेर अघि बढ्दा दिक्तेलबाट काठमाडौँतर्फ आइरहेको बा ४ ख ६०३ नंको बससँग ठोक्किन पुगेको थियो। 

मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

छ जना घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell