PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु



रासस

इलाम : इलामको फाकफोकथुम गाउँपालिका–७ साविक एकतप्पा–९ की एक महिलाको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ।

घाँस काट्न नजिकैको जङ्गलमा गएकी ३८ वर्षीया विष्णु थापाको लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ।

भीरबाट लडेर गम्भीर घाइते भएकी थापालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे लगिएको थियो। उपचारकै क्रममा केन्द्रले थापालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक अमरबहादुर निरौलाले जानकारी दिए।

उता सोलुखुम्बुको दूधकोसी गाउँपालिकामा पनि भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

गाउँपालिका–४, काँकु निवासी ५४ वर्षीया रामकुमारी राईको लडेर मृत्यु भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।

शनिबार अपराह्न ३ बजे छिमेकीको बारीमा घाँस काट्न गएकी राईलाई अपराह्न ४ बजे खोलाको बगरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell