PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

बर्दियामा विद्युत् चुहावट ४० प्रतिशत, दुई सय ९५ जनालाई कारबाही



रासस

बर्दिया : नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले विद्युत् चोरी गरी प्रयोग गर्ने दुई सय ९५ जनालाई कारबाही गरेको छ।

घरायसी तथा व्यापारिक प्रयोजनका लागि विद्युत् चोरी गर्दै आइरहेका त्यस्ता व्यक्तिलाई कारबाही गरिएको प्राधिकरणका प्रमुख अवधेशकुमार गुप्ताले बताए।

उनले बर्दियामा विद्युत् चुहावटले विकराल समस्या बनाइरहेको हुँदा यसलाई न्यूनीकरण गर्न आफूहरु लागि परेको जानकारी दिए। यस आर्थिक वर्षको फागुन मसान्तसम्म विद्युत् चोरी गर्ने करिब तीन सय जनालाई पक्रेर गरिएको कारबाहीमा २४ लाख विगोबापत क्षतिपूर्तिसमेत असुल गरिएको छ। विद्युत् चुहावटकै कारण लोडसेडिङ बढाउनुपर्ने अवस्था बर्दियामा छ। अहिले बर्दियामा करिब ४० प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell