नेपालगन्ज : भारतसँग सीमा जोडिएका बाँके जिल्लाका गाविसमा सरकारले २०७२/०७३ देखि सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गरेको छ। यस जिल्लाको १२ ग्रामीण र नेपालगन्ज उपमहानगरपालिकाका दुई वडासँग सीमा जोडिएका क्षेत्रमा सो कार्यक्रम सञ्चालनका लागि सरकारले चालु आव २०७३/२०७४ का लागि जिल्ला समन्वय समितिलाई तीन करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। भारतीय सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको विकासको अवस्था…
रुकुम : ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन्। आज बिहान रुकुममा ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वय’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले सरकार र मधेसी मोर्चाबीच समस्या समधानको लागि छलफल भइरहेकाले यसलाई टुङ्गोमा पुर्याएर आगामी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुने उनको दाबी थियो। सिंहदरबारको अधिकार गाउँ/गाउँसम्म पुर्याउन र विकास…
काठमाडौँ : काठमाडौँको दक्षिण भेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई आज मन्दिरमा प्रतिस्थापन गरिएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन खटजात्रा गरी मूर्तिलाई स्थानीय टोलमा दर्शन गराइने र रामनवमीका दिन मन्दिरमा यथास्थानमा विधिविधानपूर्वक राखी जीवविन्यास गर्ने चलन छ। सो मूर्तिलाई प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदाका दिन मन्दिरबाट विधिपूर्वक निकालेर खटमा राखी महास्नान गराउने परम्परा रहेको पुजारी सरोज शाक्यले जानकारी दिए।…
बनियानी (झापा) : ठगी मुद्दाका फरार एक जना अभियुक्तलाई जेल चलान गरेको छ। नक्कली सुन देखाएर सोझासीधा महिलालाई ठगी गरेको मुद्दामा अदालतबाट सजाय पाएर २०७२ वैशाख २१ गतेदेखि फरार रहेका साविक झापा डाँगीबारी– ७ हाल बाह्रदशी गाउँपालिकाका मनोज भनिने मोहन उप्रेतीलाई मङ्गलबार जेल चलान गरिएको हो। उक्त मुद्दामा जिल्ला अदालत झापाले २०७२ असार २७ गते उनलाई दोषी ठहर गरी एकवर्ष…
गौशाला : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समिति महोत्तरीमा लगाएको ताला ११ दिनपछि खुलेको छ। स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आएका मोर्चाका नेता तथा कार्यकर्ताले जिल्ला समन्वय समिति महोत्तरीको प्रत्येक शाखा अवरुद्ध हुने गरी दुई वटै मूलद्वारमा चैत ११ गते लगाएको ताला प्रहरीको सहयोगमा मङ्गलबार खोलाइएको स्थानीय विकास अधिकारी युवराज पौडेलले बताए। समितिको दैनिक कामकारबाही र समितिबाट प्रवाह हुने…
बाबियाचौर (म्याग्दी) : म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्म विद्युत् प्रशारण लाइन जोड्न थालिएको छ। नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी प्रशारण लाइन कोरिडोर आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको दानादेखि कुश्मा नगरपालिकाको खुर्कोटसम्म २२० केभी क्षमताको प्रशारण लाइन जोड्न लागिएको हो। आयोजनाका इन्जिनियर यादव न्यौपानेले म्याग्दीको पिप्लेबाट प्रशारण लाइन जोड्न लागिएको उल्लेख गर्दै पहिलो चरणमा जग्गा प्राप्तिका लागि सहमति पाएको १२ ठाउँमा टावर निर्माणको काम सुरु…
नुवाकोट : सशस्त्र दशवर्षे युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका नुवाकोटका १२ वटा प्रहरी युनिट पुनःनिर्माण गर्न लागिएको छ। भूकम्प पछिको पुनःनिर्माण अभियान अन्तर्गत नुवाकोटमा रहेकामध्ये १२ वटा प्रहरी युनिट पुनःनिर्माण सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। 'सशस्त्र १० वर्षे युद्धमा ध्वस्त बनेका र विनाशकारी भूकम्पले क्षति पुर्याएकामध्ये छ वटा प्रहरी युनिट सरकारी जग्गामा…
काठमाडौँ : चैत १५ गते सम्पन्न रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिले पूर्णता पाएको छ। समानुपातिक निर्वाचनबाट प्राप्त मतको आधारमा सङ्गठनले कार्यसमिति मनोनीत हुने प्रतिनिधि पठाएपछि पूर्णता पाएको निर्वाचन समितिका सदस्यसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी गराए। उनले निर्वाचनमा सहभागी अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ र संयुक्त प्यानलले समानुपातिकमा पाएको मतको आधारमा पदाधिकारी र सदस्य पठाएको बताए। 'अनेरास्ववियु क्रान्तिकारीबाहेक सबैले बन्दसूचीमा…
भीमदत्तनगर : चौध वर्षपछि कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिएको एकसिङ्गे गैँडा भित्र्याइएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएको एउटा भाले शुक्लाफाँटामा सोमबार भित्र्याइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए। उनका अनुसार यसअघि १४ वर्ष पहिले पनि शुक्लाफाँटामा चारवटा गैँडा स्थानान्तरण गरिएको थियो। 'करिब डेढ दशकपछि पाँचवटा गैँडा ल्याउन लागिएको छ,' उनले भने। एघारवटा गैँडा रहेको…
कमल खत्री म्याग्दी : सरकारी तवरबाट विनियोजन हुने बजेट काम नै नगरी सक्ने प्रवृत्ति मौलाइरहेको सन्दर्भमा म्याग्दीको एक गाउँका स्थानीयवासीले भने उदाहरणीय कार्य गरेका छन्। जिल्लाको मालिका गाउँपालिका–१ निस्कोट गाउँका स्थानीयवासीले सरकारी बजेटको योजना श्रमदानमार्फत सम्पन्न गरी उक्त योजनाको रकम विद्यालयलाई सहयोग गरेका हुन्। चालु आवमा तत्कालीन निस्कोट गाविसले निस्कोटको पर्यटकीयस्थल बराहतालदेखि देउरालीसम्मको गोरेटो बाटोमा पदमार्ग निर्माणका लागि एक लाख…
सुर्खेत : बाढीले घर, जग्गा बगाएर विस्थापित बनेका हरिपुरवासीले गाँसबासका लागि पहल गर्न माग गरेका छन्। लामो समयसम्म पुनःस्थपना नहुँदा उनीहरुलाई गाँसबासको चिन्ताले सताएका छन्। साविकको हरिहरपुर गाविस अहिलेको बराहताल नगरपालिका हरिपुरका स्थानीयले बाढीबाट विस्तापित भएपछि करिब चार किलोमिटर टाढा रहेको गिरीघाट जङ्गलमा पाल टाँगेर बसेका छन्। २०७१ साल साउन २९ गते आएको बाढीले हरिपुरका करिब एक सय घरपरिवार विस्थापित…
गौशाला : महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत तीन वर्षदेखि अङ्ग्रेजी विषय पढाउँदै आएका शिक्षक गौशाला नगरपालिका–३ का ३८ वर्षीय रामदुलार शाह सोनार रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए। शिक्षक शाहले यसै वर्ष एसइई दिएर बसिरहेकी…
रत्ननगर (चितवन) : सडक चौडा पार्ने क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा जोखिम क्षेत्र पहिचान गरिने भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण भट्टले विज्ञ तथा इन्जिनियरको सहभागितामा जाँच गरेर उक्त सडकखण्डमा जोखिम क्षेत्रको पहिचान गर्ने जानकारी दिए। उनले विज्ञ इन्जिनियर र भूगोलविद्को सहभागितामा जोखिम क्षेत्र पहिचान गरी सो क्षेत्रमा आवश्यक सावधानी अपनाउने निर्णय भएको…
रत्ननगर (चितवन) : चितवनको रत्ननगर क्षेत्रमा अझै ४२९ जना बालश्रमिक भेटिएका छन्। सन् २०१७ भित्र रत्ननगर नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्यसहित यहाँ गरिएको सर्वेक्षणमा यस्तो पाइएको रत्ननगर उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए। जसका कारण नगरलाई सन् २०१७ भित्र बालश्रममुक्त र सन् २०१९ भित्र बालमैत्री नगर बनाउन चुनौती देखिएको छ। बाल संरक्षण र बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन…
काँकडभिट्टा (झापा) : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन्। शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ उनीहरूले जागिरबाट हालै राजीनामा दिएका हुन्। राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध आधारभूत…
फलेवास (पर्वत) : पर्वतको कुश्मा नगरपालिकास्थित अर्मादीमा एक युवकको शव आज बिहान बेवारिसे अवस्थामा फेला परेको छ। बेवारिसे अवस्थामा फेला परेको शव कुस्मा नगरपालिका–२ खुर्कोटका ४३ वर्षीय राजु केसीको रहेको प्रहरीले जनाएको छ। गत चैत १९ गतेदेखि हराइरहेका केसी दुईदिनपछि स्थानीय अर्मादीको भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतकाअनुसार प्राप्त सूचनाका आधारमा…
रत्ननगर (चितवन) : दक्षिण चितवनको माडी नगरपालिका–९ का ईश्वरी बोटसँग विगतमा पक्की खोर नहुँदा चितुवाले खोरबाटै बाख्रा तानेर खाइदिन्थें। अहिले उनले तारजाली लगाएर आधुनिक खोर बनाएका छन्। 'अहिले मलाई ढुक्क छ, बाघले पनि बाख्रा तान्न सक्दैन’– बोटले भने। उनकै छिमेकी श्रीमाया बोटले गोबरग्यास प्लान्ट लगाएकी छन्। करिब ६० हजार लगानीमा निर्माण गरिएको गोबरग्यास प्लान्टका लागि उनको आफ्नो खर्च अत्यन्त न्यून…
चितवन : सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ। साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ। नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ १६ किमी दूरीमा दुई सय मिटर, २२ किमी घुमाउनेमा दुई सय मिटर र कालीखोलादेखि मुग्लिनसम्मको तीन दशमलव पाँच किमी सडकको भित्तो काटेर फराकिलो…
राजविराज : सप्तरीको सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान फेला परेको सकेट बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। राजविराजस्थित कृष्णदल गणबाट सेनानी रुद्रवीर कार्कीको नेतृत्वमा गएको डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ। राजविराज नगरपालिका–४ स्थित कल्टु पोखरी छेउमा रहेको व्यापारी विनोद चौधरी (दास) को घरको मूलगेट र राजविराज नगरपालिका–५ स्थित कञ्चपुर रोडमा रहेको छोटु भनिने…
कलैया : ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूलनाराका साथ बाराको सिमरामा पहिलोपटक ऐतिहासिक ‘सडक खाना महोत्सव’को आयोजना हुने भएको छ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल व्यवसायी सङ्घ सिमरा बाराद्वारा आयोजित उक्त महोत्सव यही चैत ३१ गतेदेखि २०७४ वैशाख १ गतेसम्म सञ्चालन हुने होटल व्यवसायी सङ्घका अध्यक्ष मोहन शर्माले बताए। सिमरा एयरपोर्टसँगैको खुल्ला सडकमा हुने उक्त महोत्सवमा नेपाली मौलिक, नेवारी, थारु,…