PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

नक्कली सुन देखाएर ठग्ने जेल चलान



रासस

नक्कली सुन देखाएर ठग्ने जेल चलान

बनियानी (झापा) : ठगी मुद्दाका फरार एक जना अभियुक्तलाई जेल चलान गरेको छ।

नक्कली सुन देखाएर सोझासीधा महिलालाई ठगी गरेको मुद्दामा अदालतबाट सजाय पाएर २०७२ वैशाख २१ गतेदेखि फरार रहेका साविक झापा डाँगीबारी– ७ हाल बाह्रदशी गाउँपालिकाका मनोज भनिने मोहन उप्रेतीलाई मङ्गलबार जेल चलान गरिएको हो।

उक्त मुद्दामा जिल्ला अदालत झापाले २०७२ असार २७ गते उनलाई दोषी ठहर गरी एकवर्ष कैद र आठ लाख सात सय ३० रुपैयाँ जरिवाना तोकेको थियो।

उप्रेतीलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले प्रहरी वृत्त ठिमी भक्तपुरको सहयोगमा चैत १८ गते पक्राउ गरेको इप्रका दमकका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell