PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

आरआर क्याम्पसको स्ववियु कार्यसमितिले पूर्णता पायो



रासस

आरआर क्याम्पसको स्ववियु कार्यसमितिले पूर्णता पायो

काठमाडौँ : चैत १५ गते सम्पन्न रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिले पूर्णता पाएको छ।

समानुपातिक निर्वाचनबाट प्राप्त मतको आधारमा सङ्गठनले कार्यसमिति मनोनीत हुने प्रतिनिधि पठाएपछि पूर्णता पाएको निर्वाचन समितिका सदस्यसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी गराए।

उनले निर्वाचनमा सहभागी अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ र संयुक्त प्यानलले समानुपातिकमा पाएको मतको आधारमा पदाधिकारी र सदस्य पठाएको बताए।

'अनेरास्ववियु क्रान्तिकारीबाहेक सबैले बन्दसूचीमा भएको नाम अनुसार समानुपातिकमा पाएको मतको आधारमा सदस्य पठाउनु भएको छ' उनले भने– 'स्ववियुले पूर्णता पाएपछि आफ्ना गतिविधि सञ्चालन गर्न पाउँछ।'  

प्रत्यक्षबाट ११ सदस्यीय र समानुपातिकबाट १० सदस्यीय चयन गर्ने व्यवस्था रहेको थियो। उनका अनुसार समानुपातिक मतको आधारमा अनेरास्ववियुले पाँच, नेपाल विद्यार्थी सङ्घले तीन, अनेरास्ववियु क्रान्तिकारी र संयुक्त प्यानलबाट एक/एक जना स्ववियु कार्यसमितिमा आएका छन्।

स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले स्ववियु उपाध्यक्षमा श्रीकृष्ण उप्रेती र सहसचिवमा इन्द्रहाङ राईलाई चयन गरिएको जानकारी गराए।

एक्काइस सदस्यीय कार्यसमितिमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य निर्वाचित भएका थिए भने समानुपातिकबाट उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत प्राप्त मतको आधारमा निर्वाचित गर्ने व्यवस्था रहेको थियो।

यसैबीच, सर्वोच्च अदालतले आरआरमा भएको निर्वाचन बदरको माग गरी दायर गरिएको रिटमा अन्तरिम आदेश दिन नपर्ने भएको जनाएको छ।

मङ्गलबार न्यायाधीश दीपक जोशीको एकल इजलासले अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेको हो। अनेरास्ववियु क्रान्तिकारीका धु्रवराज वाग्लेले चैत १५ गतेको स्ववियु निर्वाचन बदर गर्न माग गदै चैत १६ गते सर्वोच्च रिट दायर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell