PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

मन्त्री शर्माले भने, 'मधेसको समस्या समाधान गरेर मात्र निर्वाचन'



रासस

मन्त्री शर्माले भने, 'मधेसको समस्या समाधान गरेर मात्र निर्वाचन'

रुकुम : ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन्।

आज बिहान रुकुममा ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वय’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले सरकार र मधेसी मोर्चाबीच समस्या समधानको लागि छलफल भइरहेकाले यसलाई टुङ्गोमा पुर्‍याएर आगामी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुने उनको दाबी थियो।

सिंहदरबारको अधिकार गाउँ/गाउँसम्म पुर्‍याउन र विकास निर्माणको ढोका खोल्नका लागि पनि स्थानीय तहको निर्वाचन भएको मन्त्री शर्माको भनाइ थियो।

उनले अब छिट्टै ‘नेपालको पानी जनताको लगानी’ अभियानमार्फत आठ हजार मेघाबाट विद्युत् उत्पादन कार्यको सुरुवात गरिने जानकारी दिए।

सरकारले विद्युत् उत्पादनको लागि सबै प्रक्रिया पूरा गरिसकेकाले अब जतिसक्दो छिटो निर्माणकार्य सुरु हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell