PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

मोर्चाले जिल्ला समन्वय समिति महोत्तरीमा लगाएको ताला खुल्यो



रासस

मोर्चाले जिल्ला समन्वय समिति महोत्तरीमा लगाएको ताला खुल्यो

गौशाला : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समिति महोत्तरीमा लगाएको ताला ११ दिनपछि खुलेको छ।

स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आएका मोर्चाका नेता तथा कार्यकर्ताले जिल्ला समन्वय समिति महोत्तरीको प्रत्येक शाखा अवरुद्ध हुने गरी दुई वटै मूलद्वारमा चैत ११ गते लगाएको ताला प्रहरीको सहयोगमा मङ्गलबार खोलाइएको स्थानीय विकास अधिकारी युवराज पौडेलले बताए।

समितिको दैनिक कामकारबाही र समितिबाट प्रवाह हुने सार्वजनिक सेवा प्रभावित भइरहेकोले प्रहरीको सहयोगमा ताल्चा फुटाएर कामकाज सूचारु गरिएको उनले बताए।

जिल्ला समन्वय समिति महोत्तरीमा लगाइएको ताला एघार दिनपछि खुलेका कारण आज सो कार्यालयमा सेवाग्राहीको घुइँचो लागेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell