कलैया : आगो लागेर बारा जिल्ला पिप्रावी गाविस–१ की ९० वर्षीया राजपतिदेवी सहनीको मृत्यु भएको छ। आफ्नै घर अगाडि आगो बालेर तापिरहेको अवस्थामा अचानक साडीमा आगो सल्केर गम्भीर घाइते भएकी सहनीको उपचारका क्रममा गए राति वीरगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यसैगरी बारा जिल्ला सिहर्वा गाविस–९ नैतन बस्ने मुहम्मद आलमको गोठ घरमा गए राति आगलागी…
चितवन : चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा आज एउटा दुर्लभ गैँडा मृत भेटिएको छ । निकुञ्जका सुचना अधिकारी एबं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार अर्काे गैँडासँग जुधेर वयस्क भाले गैँडा मरेको हो । निकुञ्जको पश्चिम क्षेत्रअन्तर्गत ‘टाइगर टप्सको टेन्टेड क्याम्प’ क्षेत्रमा मृत गैँडा फेला परेको अर्यालले जानकारी दिए । दिउँसो करिब १ बजेतिर निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको श्रीजङ्ग गणको…
जाजरकोट : भेरीमालिका–३ निवासी कांग्रेस नेता रवीन्द्र शाहको आज अपरिचित समूहले हत्या गरेको छ। शाहको जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै पाँच/छ जनाको समूहले ढुङ्गा, मुडा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। उनी नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य तथा पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्षसमेत रहेका थिए। घटनाका प्रत्यक्षदर्शी हिटलरसिंह राठोर भने भागेर ज्यान बचाउन सफल भएको बताइएको छ। रासस
गुलरिया (बर्दिया) : बर्दियाको मधुवन नगरपालिका–५ मा पर्ने नेपाल–भारतको सीमा दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सानोश्रीले उक्त कुलो पुर्न लगाएको छ। कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५ र ७६ को बीचमा सोमबार बिहान एक्स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए। कुलो खनिरहेको खबर पाएलगत्तै प्रहरी निरीक्षक भूपेन्द्र पालको नेतृत्वमा…
जाजरकोट : यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन्। फोटोसहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नबाट वञ्चित हुने भएका हुन्। त्रिवेणी नलगाड नगरपालिका–८ स्वाँराको मानबहादुर खत्रीको छ जनाको परिवारले भोट हाल्न नपाउने भएको छ। फोटोसहितको मतदाता नामावली भर्न गाउँमा गएको जिल्ला निर्वाचन कार्यालयले प्रचारप्रसार नगर्दा उनीहरुले भोट हाल्न नपाएको बताएका…
इलाम : इलाम बरबोटे–७ की कविता आचार्य छ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा छिन्। आचार्यसँगै लाहाचोक–३ कास्कीका दीपक अधिकारी पनि अहिले बैङ्कक जेलमै छन्। क्यानाडाको नक्कली भिसा भएको आरोपमा थाई प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। क्यानाडाको नक्कली भिसा लागेको राहदानीसँगै होटलबाटै थाई प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। थाई प्रहरीले १२ जनवरीमा थाई क्रिमिनल कोर्टमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको छ। आचार्य…
नुवाकोट : विदुर नगरपालिका– ६ चारघरे मान्द्रेढुङ्गाका यमलाल राईले श्रीमती र छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्। अत्यधिक मादक पदार्थ सेवनगरी मंगलबार बिहान यमलालले श्रीमती राममाया र छोरा राजुलाई अन्धाधुन्द खुकुरी प्रहार गर्दा दुवैको अवस्था गम्भीर भएको छ। खुकुरी प्रहारबाट ४४ वर्षीया राममायाको टाउको र हातमा गहिरो चोट लाग्नुका साथै बाँया आँखा फुटेको छ। आमालाई बाबुले खुकुरी प्रहार गर्न…
काठमाडौँ : अवैध रुपमा घरेलु कामदारका रुपमा महिलालाई खाडी राष्ट्रमा पठाउने कार्यमा अध्यागमन विभागका कर्मचारीको मिलेमतो देखिएको संसदीय टोलीले जनाएको छ। खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेर आज स्वदेश फर्किएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले अध्यागमन विभागमा मानवतस्करहरुले ‘सेटिङ’को जालो बनाएको बताएको छ। नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन…
बेनी (म्याग्दी) : राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा लागेका अभियन्ता महावीर पुनलाई रिम स्रोतकेन्द्र अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकले रु पाँच लाख सहयोग गरेका छन्। स्रोतकेन्द्र अन्तर्गतका शिक्षकले आफ्नो पारिश्रमिकबाट गरेको सो सहयोग रकम स्रोतव्यक्ति भरतकुमार पुन र टिकोट माविका प्रधानाध्यापक प्रदीप पुनले अभियन्ता पुनलाई हस्तान्तरण गरे। स्रोतकेन्द्र अन्तर्गत १० वटा विद्यालयका ९२ जना शिक्षकले सो सहयोग गरेका हुन्। स्रोतकेन्द्र अन्तर्गतका…
बाबियाचौर (म्याग्दी) : बेनी–जोमसोम सडकखण्डमा २६ सिटभन्दा बढी क्षमता भएका सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुर्घटना जोखिम न्युनीकरणका लागि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने उक्त सडकमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाएको हो। मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमनाथ पोख्रेलले अञ्चल यातायात व्यवस्था समितिले यसअघि नै गरेको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याइएको बताए। सडक डिभिजन…
काठमाडौँ : व्यवस्थापिका संसद्, राज्य व्यवस्था समितिको बैठकले आफ्नो वार्षिक प्रतिवेदनको मस्यौदालाई पारित गरी अगामी सदनको बैठकमा पेस गर्ने निर्णय गरेको छ। समितिका सभापति दिलबहादुर घर्तीको सभापतित्वमा बसेको आजको बैठकले सो प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै सदनमा पेस गर्ने निर्णय गरेको हो। सो प्रतिवेदन मस्यौदा पेस गर्न समितिका सदस्य आनन्द ढुङ्गानाको संयोजकत्वमा डा गङ्गालाल तुलाधर, धर्मेन्द्रकुमार साह तेली, प्रेम सुवाल र…
ताप्लेजुङ : आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुने आयोजनाको शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो। एक सय मिलियन अर्थात् रु १० अर्बको लगानीमा निर्माण हुने यो आयोजना पूर्वकै…
सुरुङ्गा (झापा) : झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जना पक्राउ परेका छन्। नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार राति उनीहरुलाई विद्युत् चोरी गर्दागर्दै विद्युतीय उपकरणसहित पक्राउ गरिएको अनारमनी वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले जानकारी दिए। सिंहका अनुसार उनीहरुलाई सुरुङ्गाको प्रजापति टोलबाट पक्राउ गरिएको हो। पक्राउ परेका…
काठमाडौँ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको बताउँदै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन्। चीनको बेइजिङ्मा आज आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले नेपालमा सस्तो श्रम रहेको र सरकारले लगानीका धेरै अवसर दिएको स्पष्ट पारे। नेपालका सबै राजनीतिक दल आर्थिक समृद्धि र…
वासिङ्टन डिसी : नेपालीको बाहुल्य रहेको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दु बौद्ध मन्दिर बन्ने भएको छ। मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएको छ। बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना नेपाली समुदायले खरिद गरेको हो। अमेरिकामा रियल स्टेटको…
विराटनगर : उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले निर्धारित समयमै निर्वाचन हुने बताएका छन्। प्रेस युनियन मोरङद्वारा आज विराटनगर विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले एकै चरणमा मुलुकभर निर्वाचन सम्पन्न हुने बताए। मधेसी मोर्चालाई सहमत गराएर मोर्चासहितको सहभागितामा निर्वाचन हुने बताउँदै उनले सीमाङ्कनको समस्या अहिले समाधान गर्ने वा सीमाङ्कनका लागि अधिकार सम्पन्न आयोग गठन गरेर निर्वाचनमा जाने विषयमा छलफल भइरहेको जानकारी गराए।…
भद्रपुर : स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण बनाउन अनुमति प्राप्त बन्दुक, पेस्तोलजस्ता हातहतियार र सोमा प्रयोग हुने गोलीगठ्ठा निर्वाचन अवधिभरका लागि जिल्ला प्रशासन कार्यालय, झापामा बुझाउन सार्वजनिक अपिल गरेको छ। जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको अपिलमा सुरक्षाको हकमा काममा खटिएका सुरक्षाकर्मी कानुन बमोजिम लिन पाउने हातहतियारबाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विस्फोटक पदार्थ वा रसायनिक वा विषालु पदार्थ, लाठी, भाला,…
इलाम : इलामको जोगमाई गाउँपालिकास्थित निर्माण गरिएको जोगमाई खोला हाइड्रो परियोजनाले विद्युत्को परीक्षण उत्पादन सुरु गरेको छ। ७ दशमलब ६ मेगावाट क्षमताको सो परियोजनाले बिहीबारदेखि आफ्नो परीक्षण उत्पादन सुरु गरेको हो। अर्को सातादेखि विद्युत्को व्यावसायिक उत्पादन थाल्ने जोगमाई खोला हाइड्रो परियोजनाका नियन्त्रक हरिबाबु न्यौपानेले बताए। परीक्षण उत्पादनका क्रममा यस आयोजनाले २ दशमलव २ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जनाएको छ।…
चितवन : चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिङ्गे गैँडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लैजाने र शुक्लाफाँटाबाट बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा ल्याउने कार्य एकैसाथ गरिने भएको छ। यही चैत २१ गतेबाट गैँडा स्थानान्तरण थालिनेछ। एक भाले र चार वटा पोथी गरी पाँच गैँडा शुक्लाफाँटामा स्थानान्तरण गर्न लागिएको हो। त्यस सँगसँगै सोही प्राविधिक टोलीले पाँच वटाकै हाराहारीमा शुक्लाफाँटाबाट बाह्रसिङ्गे यहाँ ल्याउन लागिएको छ। चितवनबाट…
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको योजना ल्याउने भएको छ । भौतिक पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमुना योजनाका रुपमा एक÷एक सुरुङ मार्ग र ‘फ्लाइओभर’ को कार्यक्रम ल्याउन लागेको हो। पूर्वाधार विकासमा सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ महत्वपूर्ण भएकाले दातृ संस्थाकै सहयोगमा काम हुन नसक्ने देखेर…