PahiloPost

Mar 13, 2026 | २९ फागुन २०८२

अमेरिकामा बन्ने भो हिन्दु-बौद्ध मन्दिर, नेपालीले ६ लाख डलरमा जग्गा किने



रासस

अमेरिकामा बन्ने भो हिन्दु-बौद्ध मन्दिर, नेपालीले ६ लाख डलरमा जग्गा किने
wikiwand.com

वासिङ्टन डिसी : नेपालीको बाहुल्य रहेको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दु बौद्ध मन्दिर बन्ने भएको छ। मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएको छ।

बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना नेपाली समुदायले खरिद गरेको हो। अमेरिकामा रियल स्टेटको क्षेत्रमा क्रियाशील रहेका र मन्दिर निर्माणका लागि बोर्ड अफ ट्रष्टी समेत रहेका कृष घिमिरेको पहलमा उक्त भौतिक संरचना खरिद गरिएको हो।

'खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया हामीले सम्पन्न गरेका छौँ,' घिमिरेले भने, 'अब यसको मर्मत सम्भार गरेर आगामी डिसेम्बरसम्ममा सञ्चालनमा ल्याउने सोच बनाएका छौँ। मर्मत सम्भार गर्न र पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब १६ लाख डलर लाग्ने प्रारम्भिक अनुमान रहेको छ।'

चार महिनाको अवधिमा मेरिल्यान्ड राज्यमा बसोबास गर्दै आएका ८०० परिवारको सहयोगमा रकम सङ्कलन गरिएको हो। 'हामीले यो अभियानमा दोस्रो पुस्ताका युवायुवतीलाई समेत परिचालन गर्दै उनीहरुको संलग्नतामा यसलाई सफल बनाउन लागिपरेका छौँ,' घिमिरेले भने, 'पारदर्शिता, स्वच्छ कार्यशैली र समुदायको प्रतिबद्धताको कारणले हामी यो सम्पत्ति खरिद गर्न सफल भएका छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell