PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

राष्ट्रिय आविष्कार केन्द्रलाई शिक्षकहरुले दिए पाँच लाख



रासस

बेनी (म्याग्दी) : राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा लागेका अभियन्ता महावीर पुनलाई रिम स्रोतकेन्द्र अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकले रु पाँच लाख सहयोग गरेका छन्।

स्रोतकेन्द्र अन्तर्गतका शिक्षकले आफ्नो पारिश्रमिकबाट गरेको सो सहयोग रकम स्रोतव्यक्ति भरतकुमार पुन र टिकोट माविका प्रधानाध्यापक प्रदीप पुनले अभियन्ता पुनलाई हस्तान्तरण गरे। स्रोतकेन्द्र अन्तर्गत १० वटा विद्यालयका ९२ जना शिक्षकले सो सहयोग गरेका हुन्।

स्रोतकेन्द्र अन्तर्गतका विद्यालयमा इन्टरनेटसहित स्वास्थ्य सेवा विस्तारमा अभियन्ता पुनको महत्वपूर्ण भूमिका रहेको छ। सन् २००७ मा म्यागासेसे पुरस्कारबाट सम्मानित पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि अभियान थालेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell