PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

जोगमाई हाइड्रोपावरको व्यावसायिक उत्पादन अर्को सातादेखि, परीक्षण उत्पादन थालियो



रासस

इलाम : इलामको जोगमाई गाउँपालिकास्थित निर्माण गरिएको जोगमाई खोला हाइड्रो परियोजनाले विद्युत्को परीक्षण उत्पादन सुरु गरेको छ।

७ दशमलब ६ मेगावाट क्षमताको सो परियोजनाले बिहीबारदेखि आफ्नो परीक्षण उत्पादन सुरु गरेको हो। अर्को सातादेखि विद्युत्को व्यावसायिक उत्पादन थाल्ने जोगमाई खोला हाइड्रो परियोजनाका नियन्त्रक हरिबाबु न्यौपानेले बताए।

परीक्षण उत्पादनका क्रममा यस आयोजनाले २ दशमलव २ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जनाएको छ। नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार चैत मसान्तभित्रमा आयोजना पूरा गर्नुपर्ने थियो। २ सय ७० पोलमार्फत ११ किलोमिटर दुरीको १३२ केभिए क्षमताको प्रसारण लाइनको परीक्षण सकिएपछि चाँडै नियमित विद्युत् उत्पादन गरिने नियन्त्रक न्यौपाने बताउँछन्।

साविकको नयाँबजार र नामसालिङ गाविसमा विद्युत् संरचना निर्माण गरिएको छ। विद्युत् आयोजनाका लागि एक हजार ५०० मिटर सुरुङ निर्माण गरिएको छ भने एक हजार ८३५ मिटरको पेनस्टक पाइप विछ्याइएको छ।

उक्त आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा प्रभु, कैलाश र विभोर विकास बैंकले रु डेढ अर्ब लगानी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell