PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

निर्वाचनलाई लक्षित गरी प्रशासनको अपिल- 'हतियार र मदिरामा बन्देज'



रासस

निर्वाचनलाई लक्षित गरी प्रशासनको अपिल- 'हतियार र मदिरामा बन्देज'

भद्रपुर : स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण बनाउन अनुमति प्राप्त बन्दुक, पेस्तोलजस्ता हातहतियार र सोमा प्रयोग हुने गोलीगठ्ठा निर्वाचन अवधिभरका लागि जिल्ला प्रशासन कार्यालय, झापामा बुझाउन सार्वजनिक अपिल गरेको छ।

जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको अपिलमा सुरक्षाको हकमा काममा खटिएका सुरक्षाकर्मी कानुन बमोजिम लिन पाउने हातहतियारबाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विस्फोटक पदार्थ वा रसायनिक वा विषालु पदार्थ, लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न वा प्रयोग गर्न÷गराउन पूर्णतय निषेध गरेको छ।

त्यस्ता गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने जनाउँदै अपिलमा निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा बिक्री वितरण कार्यमा पनि पूर्ण बन्देज गरिएको उल्लेख छ।

निर्वाचनमा शान्ति कायम राख्न देशभरका प्रशासन कार्यालयहरुले अनुमति प्राप्त हतियार बुझाउन अपिल गरिरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell