PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु



रासस

कलैया : आगो लागेर बारा जिल्ला पिप्रावी गाविस–१ की ९० वर्षीया राजपतिदेवी सहनीको मृत्यु भएको छ।

आफ्नै घर अगाडि आगो बालेर तापिरहेको अवस्थामा अचानक साडीमा आगो सल्केर गम्भीर घाइते भएकी सहनीको उपचारका क्रममा गए राति वीरगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यसैगरी बारा जिल्ला सिहर्वा गाविस–९ नैतन बस्ने मुहम्मद आलमको गोठ घरमा गए राति आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ।

गाईवस्तुलाई लामखुट्टेबाट बचाउन गोठमा बालेको आगो सल्कँदा दुई वटा भैँसी, एक पाडा, एक गाई, एक बाछी र चार वटा बङ्गुर जलेर मरेको जनाएको छ।

कलैयाबाट आएको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा सो आगलागी नियन्त्रण लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell