PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

सीमांकनका लागि अधिकारसम्पन्न आयोगको तयारी : गृहमन्त्री निधि



रासस

सीमांकनका लागि अधिकारसम्पन्न आयोगको तयारी : गृहमन्त्री निधि

विराटनगर : उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले निर्धारित समयमै निर्वाचन हुने बताएका छन्।

प्रेस युनियन मोरङद्वारा आज विराटनगर विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले एकै चरणमा मुलुकभर निर्वाचन सम्पन्न हुने बताए।

मधेसी मोर्चालाई सहमत गराएर मोर्चासहितको सहभागितामा निर्वाचन हुने बताउँदै उनले सीमाङ्कनको समस्या अहिले समाधान गर्ने वा सीमाङ्कनका लागि अधिकार सम्पन्न आयोग गठन गरेर निर्वाचनमा जाने विषयमा छलफल भइरहेको जानकारी गराए।

स्थानीय तहको निर्वाचनका समयमा सुरक्षा व्यवस्थाको प्रभावकारी व्यवस्थापनका लागि सुरक्षा निकायसँग आजै छलफल गरिने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell