PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

जाजरकोटमा कांग्रेस नेताको ढुङ्गा हानी हत्या



रासस

जाजरकोटमा कांग्रेस नेताको ढुङ्गा हानी हत्या

जाजरकोट : भेरीमालिका–३ निवासी कांग्रेस नेता रवीन्द्र शाहको आज अपरिचित समूहले हत्या गरेको छ। 

शाहको जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै पाँच/छ जनाको समूहले ढुङ्गा, मुडा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। 

उनी नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य तथा पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्षसमेत रहेका थिए। घटनाका प्रत्यक्षदर्शी हिटलरसिंह राठोर भने भागेर ज्यान बचाउन सफल भएको बताइएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell