PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

प्रधानमन्त्रीले चिनियाँ लगानीकर्तालाई भने- 'नेपाल उपयुक्त ठाउँ हो, लगानी गर्नुस्'



रासस

प्रधानमन्त्रीले चिनियाँ लगानीकर्तालाई भने- 'नेपाल उपयुक्त ठाउँ हो, लगानी गर्नुस्'

काठमाडौँ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको बताउँदै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन्।

चीनको बेइजिङ्मा आज आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले नेपालमा सस्तो श्रम रहेको र सरकारले लगानीका धेरै अवसर दिएको स्पष्ट पारे।

नेपालका सबै राजनीतिक दल आर्थिक समृद्धि र वैदेशिक लगानीका सन्दर्भमा एकताबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले लगानी, व्यापार तथा आर्थिक सुधारलाई आफ्नो मुलुकले विशेष प्राथमिकता दिएको जानकारी गराए।

भैरहवा, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थाल निर्माणलाई नेपालले विशेष प्राथमिकताका साथ अगाडि बढाएको उल्लेख गर्दै उनले अन्तरदेशीय आर्थिक क्षेत्रको विकास र विस्तारमा आफू र आफ्नो मुलुक प्रतिबद्ध रहेको भनाइ राखे।

मुलुकको आयात तथा निर्यात नीति बजारमैत्री, खुला तथा उदार रहेको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले नेपालको मुख्य लक्ष्य उदार आर्थिक नीतिलाई अवलम्बन गरेर पारदर्शी एवम् लगानीमैत्री वातावरण निर्माण गर्नुभएको बताए।

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार तथा वैदेशिक लगानी (एफडिआई) गर्ने मुख्य मुलुक चीन भएको बताउँदै प्रधानमन्त्री दाहालले गत फागुनमा भएको लगानी सम्मेलनमा नेपालमा लगानी गर्ने प्रतिवद्धता जनाइएको मध्ये चिनियाँ लगानीकर्ताले ६१ प्रशितभन्दा बढी प्रतिबद्धता जनाएको जानकारी गराए।

प्राचीनकालदेखि नेपाल र चीनबीचको हिमालय क्षेत्रमा हुने गरेको वस्तु आयात निर्यातबाट विस्तार भएको दुई देशबीचको व्यापार पछिल्लो समयमा उल्लेखनीय रुपमा विस्तार हुँदै गएको प्रधानमन्त्रीले उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell