PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मरेको अवस्थामा फेला पर्‍यो, के देखायो पोस्टमार्टम रिपोर्टले?



रासस

चितवन : चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा आज एउटा दुर्लभ गैँडा मृत भेटिएको छ । 

निकुञ्जका सुचना अधिकारी एबं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार अर्काे गैँडासँग जुधेर वयस्क भाले गैँडा मरेको हो । निकुञ्जको पश्चिम क्षेत्रअन्तर्गत ‘टाइगर टप्सको टेन्टेड क्याम्प’ क्षेत्रमा मृत गैँडा फेला परेको अर्यालले जानकारी दिए । 

दिउँसो करिब १ बजेतिर निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको श्रीजङ्ग गणको गस्ती टोलीले गैँडा मृत फेला पारेपछि निकुञ्जलाई खबर गरेको थियो । आज साँझ गरिएको पोष्टमार्टम रिपोर्टअनुसार गैंडा बिहानतिर मरेको अनुमान गरिएको छ। उनका अनुसार उक्त गैँडाको शरीरमा १९ वटा घाउ लागेको पाइएको छ। 

अन्दाजी १८÷२० वर्षको जस्तो देखिने उक्त गैँडाको आज साँझ पोष्टमार्टम गरेर खाग, खुर सुरक्षित रुपमा ल्याइएको निकुञ्जले जनाएको छ । चितवन निकुञ्जमा पछिल्लो गणनाअनुसार ६०० वटा गैँडा छन् । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell