PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

बेवारिसे अवस्थामा युवकको शव फेला



रासस

फलेवास (पर्वत) : पर्वतको कुश्मा नगरपालिकास्थित अर्मादीमा एक युवकको शव आज बिहान बेवारिसे अवस्थामा फेला परेको छ।

बेवारिसे अवस्थामा फेला परेको शव कुस्मा नगरपालिका–२ खुर्कोटका ४३ वर्षीय राजु केसीको रहेको प्रहरीले जनाएको छ।

गत चैत १९ गतेदेखि हराइरहेका केसी दुईदिनपछि स्थानीय अर्मादीको भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतकाअनुसार प्राप्त सूचनाका आधारमा त्यहाँ जाँदा मृत अवस्थामा केसीको शव फेला परेको छ। स्वास्थ्य परीक्षणका लागि सो शवलाई पर्वत जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell