PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

सिमरामा सडक खाना महोत्सव



रासस

कलैया : ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूलनाराका साथ बाराको सिमरामा पहिलोपटक ऐतिहासिक ‘सडक खाना महोत्सव’को आयोजना हुने भएको छ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल व्यवसायी सङ्घ सिमरा बाराद्वारा आयोजित उक्त महोत्सव यही चैत ३१ गतेदेखि २०७४ वैशाख १ गतेसम्म सञ्चालन हुने होटल व्यवसायी सङ्घका अध्यक्ष मोहन शर्माले बताए।

सिमरा एयरपोर्टसँगैको खुल्ला सडकमा हुने उक्त महोत्सवमा नेपाली मौलिक, नेवारी, थारु, थकाली, चाइनिज, इन्डियन, इटालियन तथा बेकरीसहित ५० भन्दा बढी खाना कक्ष रहने जनाएको छ।

ख्यातिप्राप्त कलाकारद्वारा सांस्कृतिक प्रस्तुतिसमेत हुने भएकाले करिब एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य लिएको अध्यक्ष शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell