PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा तीन घर जले, एक जना गम्भीर घाइते



रासस

सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा तीन घर जले, एक जना गम्भीर घाइते

सोलुखुम्बु : सोलुखुम्बुको दुधकौशिका नगरपालिका–४ जुवुमा सामुदायिक वनबाट शनिबार सुरु भएको आगलागी बस्तीमा पुग्दा तीन घर जलेर नष्ट भएका छन् भने एकजना गम्भीर घाइते भएका छन्।

वनमा सुरु भएको आगलागी बस्तीमा पुग्दा दुधकौशिका गाउँपालिका–४ जुवुका रामकुमार गिरी, सन्तोष गिरी र अमर गुरुङको घर तथा रामकुमार गिरीको एउटा बोको बाँधिएको ग्वाली जलेर पूर्णरुपमा नष्ट भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।

आगलागीबाट घर तथा ग्वाली जल्दा रु २२ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

यस्तै ठूलो क्षेत्रफलको जङ्गल पनि जलेर नष्ट भएको छ। आगो निभाउने क्रममा स्थानीयवासी ४० वर्षीय टेकबहादुर गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell