PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

विषादी सेवनबाट महिलाको मृत्यु



रासस

गौशाला : महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीमा गएराति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय शिवशरण महतोकी श्रीमती ५५ वर्षीया सुदामादेवी महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

घरायसी विवादका कारण महिला सुदामाले खेतबारीमा किरा मार्न प्रयोग गर्ने नाम नखुलेको पाउडर (विषादी) घोलेर पिएपछि उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए।

शनिबार अबेर साँझ घरमा कोही नभएको मौका छोपी विषादी सेवन गरेकी सुदामा बेहोस भएपछि परिवारजनले चाल पाएको र उपचारको लागि भारतको सुरसण्डस्थित निजी क्लिनिकमा लगेकोमा उनको उपचारको क्रममा राति त्यही क्लिनिकमा मृत्यु भएको परिवारजनले बताएका छन्।

मृतक महिलाको शवलाई आज बिहान प्रहरीले उनको घरबाट परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell