PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

गाडीको ठक्करबाट बर्दियामा एकको मृत्यु



रासस

बर्दिया : पूर्वपश्चिम राजमार्गअन्तर्गत मोतीपुरमा गाडीले ठक्कर दिँदा साइकलमा सवार एक युवकको आज मृत्यु भएको छ भने गाडीमा सवार १५ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका–९ गौतम चोकमा बा १ ज ५२०१ नंको गाडीले ठक्कर दिँदा २०–२२ वर्षीय युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले बताए।

पश्चिमबाट पूर्वतर्फ गइरहेको सो गाडीले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो। ठक्कर दिएलगत्तै अनियन्त्रित भई गाडी पल्टिँदा १५ जना घाइते भएकामा पाँच जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ भने अन्य १० सामान्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell