PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

महोत्तरीमा ट्याक्टर दुर्घटना, दुई कामदारको मृत्यु



रासस

महोत्तरीमा ट्याक्टर दुर्घटना, दुई कामदारको मृत्यु

गौशाला : महोत्तरी जिल्लाको रघुनाथपुर–५ मा आज ट्याक्टर दुर्घटनामा परी दुई कामदारको मृत्यु भएको छ।

मृत्यु हुनेमा श्रीपुर–८ बस्ने २० वर्षीय मुकेश दास र सोही गाविस–९ बस्ने १९ वर्षीय उदित यादव रहेको प्रहरी कार्यालय रघुनाथपुरले जनाएको छ। जिल्लाकै श्रीपुर कविलासाबाट रघुनाथपुरस्थित मरहा खोलामा बाँध बनाउनका लागि ज १त ३३८८ नंको ट्याक्टरमा तारजाली पुर्‍याएर फर्किने क्रममा रघुनाथपुर–५ गोबरहियामा ट्याक्टर पल्टिँदा दुवैको सोही ट्याक्टरमा किचिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक झलक घिमिरेले बताए।

घटनापछि ट्याक्टरका चालक फरार छन्। प्रहरीले घटनास्थलमा पुगी कामदारद्वयको शव ट्याक्टरभित्रबाट निकालेर शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell