PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

टाटासुमोमा पल्टिँदा च्यापिएर एक जनाको ज्यान गयो, दुई घाइते



रासस

पर्सा : वीरगन्ज–ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ।

पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बि आर १ पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा पटेर्वा–७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।

परिवारका अन्य सदस्यसहित वीरगन्जतर्फ आउँदै गरेको बेला वाहन अनियन्त्रित भई पल्टिँदा च्यापिएर उनको ज्यान गएको हो। अन्य दुई जनासमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

सुमोमा सवार विणका १५ वर्षीया छोरी काजलकुमारी सहित दुई जना घाइते भएका हुन्। घाइतेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell