PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

सर्वसाधारणका लागि वाचिम्ले लघु जलविद्युुतको शेयर खुल्यो



रासस

भोजपुर : भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युत परियोजनाको शेयर खुला गरिएको छ।

वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युतको शेयर स्थानीयको मागअनुसार खुल्ला गरिएको हो।

शेयर लिन इच्छुकले न्युनतम प्रतिकित्ता रु एक सयको १० कित्तादेखि एक हजार सेयर कित्तासम्म लिन पाउने भएका छन्। ४० किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो।

परियोजना निर्माणका लागि हाउजिङ एन्ड हाइड्रो कम्पनी प्रालिले रु ७१ लाख ५१ हजारमा ठेक्का लिएर निर्माण कार्य थालेको छ।

सोलार र दाउराको उज्यालोमा बस्न बाध्य यहाँका स्थानीय विद्युत् आउने भएपछि निकै खुसी छन्। विद्युत विस्तार भएपछि स्थानीयस्तरमा रहेका कुटानीपिसानीसमेत सहज हुने र कुटानीपिसानीको खर्च समेत कम हुने स्थानीय प्रेम खवासले बताए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell