PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

मनबहादुरको पीडा, उपचारका लागि पैसा नहुँदा प्लास्टिकको झोलामा आन्द्रा



रासस

पथरी : मोरङको मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइ दिन याचना गरेका छन्।

तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको बिपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियो। पाँच लाख रुपैयाँ चन्दा सङ्कलनबाट उनको शल्यक्रिया गरि एपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेको छैन।

तीन लाख खर्च अभावले उनी प्लास्टिकको झोलामा आन्द्रा बोक्न विवश छन्। ‘जीवनदाता पाउने आशामा आन्द्रालाई प्लास्टिकमा पोको पारेर बाँचिरहेको छु,’ उनले दुखेसो पोखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell