PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

संविधान संशोधन र चुनाव दुवै सम्भव : नेता महत



रासस

संविधान संशोधन र चुनाव दुवै सम्भव : नेता महत

इनरुवा : नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने बताएका छन्।

सुनसरी सदरमुकाम इनरुवामा नेपाल नाइ सङ्घको सातौँ जिल्ला अधिवेशनलाई आज उद्घाटन गर्दै नेता महतले संविधान संशोधन र चुनाव दुवै सम्भव रहेको बताए।

नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न संविधान कार्यान्वयन आवश्यक रहेको बताउँदै उनले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने उल्लेख गरे।

नेता महतले निर्वाचनका लागि स्थानीय तहमा उम्मेदवार छनौट, मत माग्ने काम, आफ्नो सङ्गठन गर्ने काम भइरहेकाले आफ्नो पार्टीले जित्नेसमेत दाबी गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell