PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

चितुवाको आक्रमणबाट मोरङमा दुई घाइते



रासस

पथरी (मोरङ) : मोरङको पथरी शनिश्चरे–५ मा बिहीबार बेलुका चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्। घाइते हुनेमा पथरी शनिश्चरे–५ का ३५ वर्षीय अनिल धिमाल र सोही ठाउँका २२ वर्षीय पवन ऋषिदेव रहेका छन्।

साँझ ५ बजेतिर स्थानीयवासी योगेन्द्र थापाले लगाएको टिकको नर्सरी बारीमा काम गर्दै गरेका अनिललाई चितुवाले आक्रमण गरेपछि हेर्न भनी जानुभएका पवनलाई समेत आक्रमण गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीको भनाइ छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell