PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

राप्ती अञ्चल अस्पतालमा अब चौबीसै घन्टा चिकित्सक सेवा



रासस

राप्ती अञ्चल अस्पतालमा अब चौबीसै घन्टा चिकित्सक सेवा

दाङ : यहाँको अस्पतालले २४औं घन्टा चिकित्सक सेवा सुरु गरेको छ।

राप्ती अञ्चल अस्पताल तुलसीपुर, दाङमा अस्पतालको इमर्जेन्सी कक्षामा २४ औं घन्टा चिकित्सक सेवा दिन थालिएको हो।

अस्पतालमा दरबन्दी भएअनुसारका मेडिकल अधिकृतहरु व्यवस्थापन भएपछि अस्पतालमा सो सुविधा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले बताए।

अस्पतालमा पहिले भइरहेको कल ड्युटीलाई हटाई चिकित्सकलाई अन ड्युटीमा राखिने व्यवस्था गरेर २४ औं घन्टा चिकित्सक सेवा दिन थालिएको देवकोटाले बताए।

यो सेवा इमर्जेन्सी (आपत्कालीन सेवा) मा लागू हुनेछ । यसअघि इमर्जेन्सीमा अहेबले चिकित्सक सेवा दिँदै आएका थिए। आवश्यक परेमा मात्रै चिकित्सकलाई बोलाउने गरिन्थ्यो।

योसँगै अस्पतालमा पछिल्लो समय केही सुधारको तयारी गरिएको छ। अस्पतालमा आएका सघन उपचारकक्ष (आइसियु) सम्बन्धीका उपकरणलाई पनि प्रयोगमा ल्याउने तयारी गरिएको अस्पतालले जनाएको छ।

राप्ती अञ्चल अस्पताल तुलसीपुर, दाङमा आइसियु सञ्चालनका लागि ल्याइएका उपकरण एक वर्षदेखि स्टोरमा थन्किएपछि अस्पतालमा नयाँ व्यवस्थापन समिति आएसँगै त्यसको प्रयोग र उपयोगमा चासो दिइएको हो।

आइसियु सञ्चालनका लागि विशेषज्ञ, दक्ष तालिम प्राप्त मेडिकल अधिकृत, स्टाप, नर्स, अनमी, कार्यालय सहायक र स्विइपर आवश्यक पर्छ तर यो व्यवस्था अस्पतालमा नहुँदा उपयोगमा समस्या आएको अस्पताल प्रशासनले जनाएको छ।

त्यसैगरी अस्पतालमा अक्सिजन प्लान्टसमेत निर्माण गरिएको छ। जसकारण एक वर्षदेखि अस्पतालले अक्सिजन किन्नु परेको छैन। अस्पतालमा एक दिनमा तीनवटा अक्सिजनका सिलिन्डर उत्पादन हुँदै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell