PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

सटर बन्द गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु



रासस

पथरी (मोरङ) : मोरङको मझारे–२ मा मंगलबार बेलुका करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मझारे–२ का ३५ वर्षीय दिपेन्द्र शाह रहेका छन्।

उनलाई बेलुका ७ बजेतिर आफ्नै घरको सटर बन्द गर्ने क्रममा अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि कोशी अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell