PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङमा, सडक खण्ड खाली गराएर स्कर्टिङ



रासस

प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङमा, सडक खण्ड खाली गराएर स्कर्टिङ

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको राजधानी बेइजिङ पुगेका छन्। 

साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्रीलाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् नेपाली राजदूतावासका कर्मचारी, नेपाली व्यवसायी एवम् विद्यार्थीले बेइजिङ विमानस्थलमा स्वागत गरेका थिए। 

प्रधानमन्त्रीलाई बेइजिङस्थित दियाओयुताई स्टेट गेस्टहाउसमा बस्ने व्यवस्था मिलाइएको छ। विमानस्थलदेखि गेस्ट हाउससम्म पुग्ने सडकको एक खण्ड पूरै खाली गराएर प्रधानमन्त्रीको स्कर्टिङ गरिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए। 

प्रधानमन्त्री दाहाल आजै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भएर नेपाली समुदाय तथा दूतावासमा निम्त्याइएका नेपाली समुदाय तथा व्यापारी व्यवसायीलाई सम्बोधन गरे।
 

आइतबार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

यस्तै, सोमबार उहाँले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गर्नेछन्। 

प्रधानमन्त्री आज विहान एशियाका लागि बोआओ मन्चको वार्षिक सम्मेलनमा सम्बोधन पश्चात चीनको बोआओ शहरबाट आजै बेइजिङ पुगेका हुन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell